लुटेरा समात्न प्रहरीले गोली चलायो

733
views

काठमाडौं । विभिन्न व्यक्तिलाई धम्क्याएर ठूलो रकम माग गर्ने समूह समात्ने क्रममा काठमाडौंको स्वयम्भूमा गोली चलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर लोप्साङ भनिने निलम लामा घाइते भएको पहरीले जनाएको छ । उनको घुँडामा गोली लागेको छ । निलमसँगै अमृत तामाङ पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ गर्न पुगेको प्रहरीमाथि जाईलागेपछि गोली प्रहार गरिएको प्रहरीको दाबी छ । उनीहरूले विभिन्न व्यक्तिसँग दुई करोड रुपैयाँसम्म फिरौती मागेको महाशाखामा उजुरी समेत परेको जनाइएको छ ।