१३ औं सागको कार्यतालिका तयार भारत पनि सहभागी हुने

775
views

काठमाडौं । काठमाडौं र पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीहरुको नाम दर्ता गर्ने मिति तय गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको तयारी समितिको बैठकले आगामी कात्तिक १४ गतेभित्र खेलाडीको नाम दर्ता गराउनुपर्ने समयतालिका सार्वजनिक गरेको हो ।

यसैगरी भदौं ७ गतेसम्म टेक्निकल ह्याण्डबुक तयार गर्ने तथा असोज १३ गतेसम्म सबै सहभागी देशहरुले खेल्ने खेल चयन गरिसक्नुपर्ने समयतालिका बनाइएको छ ।

नेपालले यही मंसिर १५ गतेदेखि १३ औं साग आयोजना गर्ने तयारी गरिरहेको छ । यसैबीच १३ औं सागमा सहभागी हुनेबारे भारतले पनि लिखित पत्र पठाएको छ ।