सिरहाका किसानलाई साफ कट्टर मेशिन वितरण

562
views

महेश सिंह
लहान । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं २ ले किसानको लागि साफ कट्टर मेशिन प्रदान गर्ने भनी प्रस्तावना आव्हान गरिएको थियो । प्रस्तावना अनुरुप सिरहाका १४ किसानलाई सो मेशिन उपलब्ध गराएको हो । सो को लागि फर्म भरेका लहान २२ का कारी यादव, लहान ३ का रामउदगार महतो, लहान २ का रामु महतोलाई साफ कट्टर उपलब्ध गराएको छ ।

लहान २ का रामचरित्र महतोले आफुले पाएको साफ कट्टर मेशिन लहान २३ का विरेन्द्र महतोलाई एक कार्यक्रमकाबीच प्रदान गरेका छन । प्रदेश २ सरकारले सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन (कुट्टी कटा मेशिन) उपलब्ध गराएको हो ।

साफ कट्टर मेशिन केही महिना अगाडि मन्त्रालयले सूचना जारी गर्दा त्यसताका फर्म भरेका किसानलाई उक्त मेशिन उपलब्ध गराएको हो । यसवारे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले ‘यो कार्यक्रम कार्यालय अन्तरगत भएको बताए ।

जिल्लामा केहि समय अगाडि सिरहा भेटनरी कार्यालयले १४ किसानलाई साफ कट्टर मेशिन उपलब्ध गराएको थियो ।