बच्चा जन्माउने रहरमा लोग्नेलाई यार्सागुम्बा खुवाएपछि…

1696
views

पर्वत । विवाह गरेको १० बर्षसम्म बच्चा नभएपछि एक विवाहिता जोडी निकै चिन्तामा परेको छ । बच्चा जन्माउनकै लागि उनीहरु डाक्टर र वैद्यकोमा समेत उपचारको खोजी गर्दछन् । त्यतिमात्र होईन् ति महिलाले आफ्नो लोग्नेलाई यार्सागुम्बा खान समेत आग्रह गर्दछिन् । तर, सन्तान नभएको चिन्तामा रहेकी ति महिलाको बच्चा खेलाउने सपना भने अधुरै छ ।

उक्त पीडा चर्चित गायिका तथा नायिका तुलसी क्षेत्री र गोकुल सापकोटाले भर्खरै सार्वजनिक गरेको ‘नार्मद पोई’ नामको तिज गितमा समेटिएको विषयबस्तु हो । क्षेत्रीले हाम्रो समाजमा बच्चा नहुँदा नारीले भोग्नुपरेको पीडा उजागार गर्दै ‘नार्मद पोई’ गितमा समावेश गरेकी हुन् । सो गितमा तुलसी क्षेत्रीकै स्वर रहेको छ भने उक्त गितलाई बहुचर्चित संगितकार विवि अनुरागिले संगित तथा एरेन्ज गरेका छन् ।

गितको शब्द गोकुल सापकोटाले लेखेका छन् । गितमा एसिका क्षेत्री, तुलसी क्षेत्री र हास्यकलाकार युवराज भन्डारीले अभिनयका साथै गितको म्युजिक भिडियोको छायाँकन गणेश सापकोटा र निर्देशन युवराज भन्डारीले गरेका छन् ।