राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ सुरु

763
views

गोबिन्द तिमिल्सिना
हेमजा, २६, साउन । पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित नर्वदेश्वर तथा राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ शनिबारबाट सुरु भएको छ ।

विगतका बर्षहरुमा झै यस बर्ष पनि साउन महिनामा शिव महिमाको लागि सत्तसङ गरिएको हो । समाजसेवी चिरञ्जीवि थापाको संयोजकत्वमा भएको सत्तसङमा असाह्य बालिका संरक्षक शान्ता मञ्जरीद्वारा कथा बाचन भएको छ ।

शिबजीको महत्वको कथा बाचनबाट सुरु भएको सत्तसङमा आइतबार एकादशी महिमा साथै भजन कृतन हुने छ । कथा बाचन, भजन कृतनको साथमा होम पुजा गरि सोमबार सत्तसङको समापन गरिने छ ।