‘मिन परियार बचाउ’ अभियान, सहयोग गर्न अपिल

1156
views

पर्वत । आन्द्रामा क्यान्सर भएपछि दिल्ली स्थित ईन्दिरा गान्धी अस्पतालमा उपचार गराइरहेका समन परियार ‘खड्का’ को उपचारका लागि मिन परियार बचाउ अभियान शु भएको छ ।

कुश्मा नगरपालिका–४ का २९ बर्षिय ‘मिन परियार ‘खड्का’ बचाउ अभियानका लागि नेपाल तरुण दल पर्वतले अभियान थालेको हो ।

यस्तै मिन परियार ‘खड्का’को उपचारका लागि रेडियो शालिग्राममा कार्यरत पत्रकार रामकृष्ण लामिछानेको नेतृत्वमा पनि सहयोग संकलन अभियान चलेको छ ।

नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधी समेत रहेका परियारले ‘म बाँच्न चाहान्छु मलाई बचाउनुहोस्’ भन्दै फेसबुक वालमा स्टाट्स लेखेपछि उनलाई बचाउनका लागि आर्थिक सहयोग अभियान शुरु भएको हो । उपचारका क्रममा सम्पत्ति सकिएपछि उनले सामजिक सञ्जाल मार्फत आर्थिक सहयोगको अपिल गरेका थिए ।

नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’का अनुसार परियारको उपचार्थ सहयोगको लागि सम्पूर्ण तरुण युवाहरु आर्थिक संकलन अभियानमा जुटेका छन् । हालसम्म १ लाख जुटेको र विभिन्न क्षेत्रवाट सहयोग जुट्ने क्रम शुरु भएको तरुण दल पर्वतले जनाएको छ ।

यता रेडियो शालिग्रामका पत्रकार रामकृष्ण लामिछानेको नेतृत्वमा चलेको सहयोग संकलन अभियानले विभिन्न व्याक्तिबाट संकलन भएको रकम जम्मा गर्न मिनबहादुरकी आमा तुलसी परियारको नाममा बैक खाता सञ्चालन गरिएको छ । आर्थिक अभावमा रहेका परियार बचाउनका लागि विदेशमा समेत सहयोग संकलन अभियान भईरहेको छ ।