गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

823
views

कपिलवस्तु, २६, साउन । कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्षले प्रयोग गर्दै आएको जीपमा अज्ञात समूहले आगजनी गरेको छ । गाँउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी जीपमा गएराति तौलिहवामा आगजनी गरिएको हो ।

आगजनी गर्ने समुहको खोजीकार्य भईरहेको छ प्रहरीले जनाएको छ । यस्तै गएराति नै दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले प्रयोग गर्दै आएको जीपमा पनि आगजनी गरिएको छ ।

उनले प्रयोग गर्दै आएको रा १ झ १५२ नम्वरको जीपमा पाँच नम्बर बडा कार्यालय मुर्कटीमा गएराती आगजनी गरिएको हो । आगजनीपछि जीप जलेर नष्ट भएको छ । दुबै आगजनीका घटनामा चन्द नेतृत्वको नेकपाको संग्लनता रहेको प्रहरीले आशंका गरेको छ ।