समुन्द्री आँधिका कारण २२ जनाको मृत्यु

551
views

चीन । चीनमा लेखिमा नामको समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । सांघाई र ताइवानबीचको वेन्लिङ क्षेत्रमा आएको आँधीमा परी अन्य १६ जना मानिस बेपत्ता भएका छन् । आँधी प्रभावित क्षेत्रका १० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

लेखिमा आँधी उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेकाले सांघाईमा समेत असर र्पुयाउने अनुमान गरिएको छ । आँधीसँगै विद्युत आपूर्ति ठप्प हुँदा २७ लाख मानिस प्रभावित भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले थुप्रै उडान रद्द हुनुका साथै रेल सेवासमेत बन्द भएको जनाएको छ ।