असुरक्षित छन् महत्वपुर्ण अभिलेखहरु

618
views

महेन्द्र जिसी
पर्वत, २७, साउन । झण्डै दुई दशकसम्म जिल्लाको समग्र विकासको जिम्मा सम्हालेको जिल्ला समन्वय समिति पर्वत अहिले जिर्ण बनेको छ । आर्थिक अधिकार स्थानीय सकारहरुका निहित भएको दुई वर्षमा संरक्षण नहुँदा भवनहरु भत्किन थालेका छन् । भवनका झ्याल, ढोकामा झारपातले ढाकेको छ ।

जिर्ण भवन मर्मत हुन नसक्दा वरपरका रुख ढलेर भवन थप जोखीममा परेको छ । २०२२ सालमा निर्माण भएको भवन भूकम्पपछिका दिनहरुमा संरक्षणविहिन बनेको छ । भवनमा रहेका दुई दशकअघिका जिल्लाका अभिलेखहरु समेत संरक्षणविहिन भएका छन् । संघीय सरकार स्थापनाहुनुपूर्व बनेका जिल्लाको विकासको गुरुयोजना लगायत पर्यटन गुरुयोजना, पैदल मार्ग, नुन मार्ग र एैतिहासिक पुरातात्विक क्षेत्रको अभिलेखको समेत संरक्षण छैन् ।

जिल्लाको विकासको बजेट कार्यान्वयको अधिकार स्थानीय सरकारहरुमा निहित भएपछि भवनको समेत संरक्षण हुन नसकेको समन्वय समितिले जनाएको छ । समन्वय समिति संयोजक मनोहर वि पौडेलका अनुसार भूकम्प प्राधिकरणले जोखिम ठह¥याएका भवनको समेत व्यवस्थापनको बजेट अभाव भएको हो ।

अहिले तत्कालीन जिल्ला विकास समितिको लेखा शाखा, सामाजिक विकास शाखा, राजस्व शाखा, सूचना शाखाको भवन जिर्ण बनेको छ । युवा विकास समितिको शाखा नजिकैको रुख ढलेर भवनमा पर्दा भवन वरपर जान समेत समस्या हुने गरेको कर्मचारीहरुले बताएका छन ।

अन्य भनवको समेत संरक्षण हुन सकेको छैन । भवनमा रहेका समाग्रि समेत वर्षादको पानीले विग्रिएका छन । महत्वपूर्ण काजगातहरु अलपत्र परेका छन । जिर्ण भवनमा राखिएका जिल्लाका अभिलेखयुक्त कागजातहरु कुहिन लागेको कर्मचारीको भनाई छ ।

भवन जोखीम युक्त भएपछि भवनमा रहेका सरसामानहरु निकाल्न समेत समस्या भएको छ । कार्यालयका अनुसार तत्कालिन समयमका सम्पूर्ण कागजात समाग्री भवनमै कुहिन लागेका हुन ।