कांग्रेस महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण

536
views

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाएको छ ।

प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउनसाउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको जनाएको हो ।

साउन ३१ र ३२ गते पोखरा, भदौ २ र ३ गते रुपन्देही र भदौ ५ र ६ गते सुर्खेतमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।

प्रशिक्षणमा कांग्रेसका सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासँग सम्पर्क र संवादजस्ता कुरालाई समावेश गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।