कश्मीरमा कडा सुरक्षा, मुख्य शहर श्रीनगर बन्द

1615
views

भारत । मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद उल अजहाको अगाडि भारतले कश्मीरमा पुन सुरक्षा कडाई गरेको छ । राजधानी श्रीनर पुनः बन्दको अवस्थामा रहेको छ । दुई दिन यता खुकुलो पारिएको कर्फ्युमा पुुन कडाइ गरिएको हो ।

आइतबार बेलुकादेखि नै कश्मिरमा सुरक्षा सतर्कता बढाइएको छ । सडकमा मानिस र सवारीसाधन समेत नदेखिएको अन्र्तरष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई इद मनाउन सहज पारिदिने वाचा गरेपनि त्यस विपरित सुरक्षामा कडाइ गरिएको हो ।

शुक्रवार श्रीनगरको सौरा क्षेत्रमा नमाज प्रार्थनापश्चात् विरोध प्रदर्शन भएकाले इदमा पनि त्यही स्थिती आउने अनुमानले कडाइ गरिएको अनुमान गरिएको छ । मुसलमानको बाहुल्यता रहेको जम्मू कश्मीर क्षेत्रमा केही समयदेखि दशौँ हजार सैनिकले गस्ती गर्दै आएका छन् ।

फोन तथा इन्टरनेट एक सातादेखि काटिएको छ । जम्मू कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३ सय ७० हटाउने भारत सरकारको निर्णयपश्चात् कश्मिरमा तनावको स्थिती छ ।