अभद्र व्यबहार गर्दै कुटपिट गर्ने समुह पक्राउ

723
views

पर्वत । अभद्र व्यवहार गरी कुटपीट गर्दै हिँड्ने पाँचजनालाई प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको टोलीले पक्राउ गरेको छ । प्रहरीले जलजला गाउँपालिका–४ लामाखेतबाट ३९ बर्षका कबिन गर्बुजा, ३३ बर्षका तेजेन जुग्जाली, २० बर्षिय राजु पुन र २४ बर्षिय अमित फगामीलाई पक्राउ गरेको हो ।

उनीहरुले मादक पदार्थ सेवन गरी १७ बर्षिय पावल बि.क.लाई चिरपट दाउराले टाउकोमा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । कुटपीट गर्ने समुहलाई प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्स्थामा पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको प्रहरील जनाएको छ ।

कुटपिटबाट घाईते पावल बि.क.लाई जिल्ला अस्पताल म्याग्दीमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको र उनको उपचार पश्चात डिस्चार्ज भएको समेत प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत १० दिनको म्याद लिई थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक एवं सूचना अधिकृत राजन रायमाझीले जानकारी दिए ।