ढोरपाटन राष्ट्रिय दैनिकको १६ औं बार्षिकोत्सव

858
views

सीताराम थापा
बाग्लुङ, २, भदौ । धौलागिरीको पत्रिका “ढोरपाटन दैनिक“ र अनलाईन गण्डकी प्रदेश स्तरीयतामा रुपान्तरण भएपछि “संघियता बिषयक बहस’’ सहित ढोरपाटन राष्ट्रिय दैनिकको १६ औं बार्षिकोत्सवको अवसरमा सञ्चार मन्त्रिले समुद्घाटन गर्दै बार्षिक उत्सब मनाएको छ । उक्त अवसरमा अतिथिहरु सहित धौलागिरीदेखि गण्डकी प्रदेशको सहभागितामा उत्सव सम्पन्न भयो, राज्यको चौथो अङ्ग मानिने पत्रकारीता जगतमाथि आलोचना र समालोचना सहित संङ्घियतामा बहस केन्द्रत थियो ।

संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले अपराध, गलत र माफियातन्त्र तथा सत्यको ढाकछोप नगरी संचार प्रवाह गर्न आग्रह गरे । उनले राजतन्त्रका भूत बोकेर हिड्नेहरु ईतिहासका डाईनोसरमा बदलिने भएकाले सबै पत्रकारलाई विकासवादी समाचार लेख्न आग्रह गरेका छन् । मन्त्रि कास्कोटाले पत्रकारलाई कानून र संविधानमाथी गएर खेल्ने अधिकार नभएको बताए ।

ढोरपाटन राष्ट्रिय दैनिकको १६ औं बार्षिकोत्सवको अवसरको समुद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकारले संचारक्षेत्र सत्य, तथ्य र बिस्वासिलो बनेर देखाउन आग्रह गरे । सरकारले तीन बर्ष भित्र नेपालको आफ्नै स्याटलाईट बनाएर संचार माध्यमको बिकास गर्न लागेको कुरा समाचार नभएर अपराध र अनियमितता ढाकछोप गर्न आएको भीडको पछि लागेको समेत आरोप लगाए ।

देशभर ४ जी चल्ने अबस्था सिर्जना गर्ने, सुखि नेपाली र समृद्ध नेपाल बर्तमान नेपाल र सबै नेपाली र दलको समेत साझा अभियानमा भयकोले उनले सबै पत्रकारीता मर्या्दित बजाउन आवश्यक रहेको बताए । गलत संचार प्रवाह भैरहेकोले ‘सत्यको पक्षमा र समाजलाई न्याय दिने पक्षमा पत्रकारिता लाग्नुपर्नेमा अहिले भीडतन्त्रमा हिडिरहेको छ’ मन्त्री बास्कोटाले भने, ‘जे पायो त्यही लेखिएको पत्रकारितालाई सही दिशामा हिडाउँन कानुन र नीतिगत अभियान ल्याउने दाबि गरे ।

सरकारले कानून बनाएर नियमन गर्न खोज्दा पत्रकारले आँफूहरु संविधान र कानून र सुरक्षा निकाय भन्दा माथी भएको दावी गरेको उनले टिप्पणी गरे । कसैलाई अपराधको अनुसन्धान गर्दा अपराधको बारे प्रहरी प्रशासन भन्दा संचारहाउसलाई थाहा छ, भने जसरी लेखन गरिएको सर्वत्र भएकाले पनी कानून ल्याउन बाध्य भएको बताए ।

मन्त्री बास्कोटाले बिरोधमा पनि आम सञ्चार कानून सहित १२ वटा कानून ल्याएर पत्रकारितामा उथलपुथल ल्याएर छाड्ने दावी गरे । उनेले भने ‘अब उथुल पुथल आउने गरी काम गर्छु, भाषण गरेर हिड्ने मलाई फुर्सद छैन’ उनले भने, ‘देश विकास गर्न खोज्दा पत्रकार पनि समृद्धिमा हिड्नुपर्छ ।’ पत्रकारिताले अपराध छोप्ने, सत्य लुकाउने जस्ता काम गर्न नपाईने समेत उनको तर्क छ ।

उनले नेपालका ठूला मिडिया हाउस र पत्रकार महासंघले साथ नदिएकोले सरकारका धेरै काममा अप्रमाणित टिकाटिप्पणी बढेको बताए । विभिन्न ठेकेदार र माफियाले ठूला मिडियामा लगानी गरि गलत संचार प्रवाह गरेकाले कति लगानी गर्न पाउने, कति संचार माध्यम सञ्चालन गर्न पाउने भन्ने दायरा तोकिने गरि कानुन बनाएरै छाड्ने दाबि गरे । ‘ठूला केही मिडिया बसेर समाचार मार्फत हान्ने प्रवृत्ती अन्त्य गरिनेछ’ उनले भने, ‘नेकपालाई हान्ने की कांग्रेसलाई हान्ने भनेर मिसन गरेकोले पत्रकारितामा व्यवसायिकता नआएको उनको बुझाई छ ।

हिजोका कर्मचारहिरुको मानसिकतामा काम गरे पनि हुन्छ नगरे पनि हुन्छ भन्ने थियो अब त्यस्तो हुँदैन,’ मन्त्री बाँस्कोटाले भने ‘हामी मन्त्रीहरु पनि काम गर्नुपर्छ र कर्मचारीहरुलाई पनि काम गर्न लगाउनु पर्छ ।’ यसैले समृद्विका लागि सबैले पढेर हैन श्रम र सृजना गरेर मात्र समृद्वि ल्याउन सकिने तर्क पेश गर्दै साझा नागरिकका सपनाहरु संकल्प र प्रतिकद्वतामा प्रकट गरि छाड्ने बताए । संघियताको मोडालिटिमा धौलागिरी र बागलुङ विकासको प्रयाप्त खानी भएको आफुलाई थाहा भएको जाजकारी गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारितालाई मर्यादित बनाउन श्रमजिवि पत्रकार ऐन कार्यान्वयनमा ल्याउन जोड दिए । उनले मन्त्रीले ल्याएको एजेण्डा ठिक भएपनि कार्यानवयन र प्रस्तुतिको शैलीले पत्रकार समेत भड्केकोले यसलाई मिलायर ऐन कानुन ल्याउनु पर्ने बताए । बिष्टले ऐनलाई हुवहु भन्दा शक्तिपृथकीकरणको सिद्धान्त अनुसार चल्ने ठाउँ आवस्यक भएको बताए ।

कार्यक्रममा सांसद देवेन्द्र पौडेलले नेपालले संसार बाट सिकेर नेपाली मोडलको संघियता ल्याएकोले कनर्यान्वयन लाई आफ्नै तरिकाले संघियता सफल पार्ने र जनताको बिकासमा अगुवाई गर्ने वातावरण बनाउन आग्रह गरे ।

सांसद डा. सूर्य पाठकले संचार माध्यमहरु पनि बिकासका संवाहक बनेर आउनुपर्ने बताए । उनले संङियता भौगोलिक र जातिय बिबिधता लाई जोड्ने कडि भएको पनि बताए। ढोरापटन दैनिकले त्यो अभियानमा पाईला चालेको भन्दै अझै अगाडि बढेर काम गर्न सुझाव दिए । कार्यक्रममा बागलुङ नगरपालिकाको मेयर जनक पौडेल, पपोखरा महानगरपालिकाको प्रबक्ता धन बहादुर नेपाली लगायतले पत्रकारीताको निश्पक्षतामा अभाब खड्किएको र संघियता लाई अझै परिमार्जित गर्दै स्थानिय सासनको संबाहक बनाउन पर्ने बिचार ब्यक्त गरे ।

पत्रिकाले पूर्व पत्रकार ओमकार प्रासद गौचन, स्तम्भकार कृष्ण कुमार सैजुु, विज्ञापनदाता सोभा अर्याल र कर्मचारी नविना विकलाई सम्मान गरेको थियो ।

कार्यक्रममा पत्रिकाका सम्पादक हरिनारायण गौतमको अध्यक्षता, कार्यकारी सम्पादक रामकृष्ण बोहराको स्वागत र बासुदेव मिश्रको सञ्चालनमा सम्पन्न भएको हो ।