भारतका विदेशमन्त्री जयशंकर नेपाल आउँदै

647
views

काठमाडौं । भारतका विदेशीमन्त्री डा. सुब्रह्मण्यम जयशंकर नेपाल आउने भएका छन् । उनी बुधबार काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्री डा. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रमसमेत तय भएको छ ।

नेपाल–भारतको संयुक्त कमिसनको पाँचौं बैठकमा सहभागी हुन जयशंकर नेपाल आउन लागेका हुन् । २१ र २२ अगस्टमा काठमाडौंमा संयुक्त कमिसनको बैठक बस्दै छ ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय टोलीको नेतृत्व विदेशमन्त्री डा. जयशंकरले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।