भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा आगलागी

637
views

चितवन २, भदौ । चितवनको भरतुरपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा आगलागी भएको छ ।

भरतपुरस्थित बैंकको शाखा कार्यालयमा आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

बैकको पहिलो तलाबाट सुरु भएको आगालागी विद्युत सर्ट भएर लागेको अनुमान गरिएको छ । आगलागी भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।