अभियान्ता पौडेल सम्मानित

833
views

सीताराम थापा
वाग्लुङ । राधा पौडेल एक दरीलो सामाजिक अभियान्ता एवं लेखक हुन । उनले सामाजिक क्षेत्रका सवालहरुलाई उजागर गर्न योगदान दिदैं आएकी मदन पुरस्कार बिजेता हुन् ।

उनी अहिले सामाजिक योगदानमा अग्रणी भुमिका खेलेको भन्दै प्रा. डा. शान्त थपलिया महिला सशक्तिकरणबाट सम्मानित भएकी छिन् ।

महिला सशक्तिकरण, प्रजनन स्वास्थ्य अधिकारको रक्षक, मानव अकिकारको क्षेत्रमा स्थानिय, राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरमा समेत योगदानको अग्रणी भुमिका निर्वाह गरेकाले उनलाई सम्मान गरिएको ल्याक नेपालले जनाएको छ ।

उनले राधा पौडेल फाउन्डेसन स्थापना गरि नेपालको विभिन्न क्षेत्रमा अनवरत समाज सेवामा समर्पित हुँदै आएकी छिन् ।