जीवन फुल्ने बगैचामा रस चुस्छन किन ?

939
views

–सीताराम थापा
जीवन फुल्ने बगैंचामा रस चुस्छन किन
नसोचेको भएर, नदुखेको एक दिन,
कल्पनाको सागरमा मन डुब्छ, क्षण क्षण
सपना थिए, संकल्पमा बदलिएन किन,
अन्यासै, मृर्ग तृष्णा टरि जान्छ एक क्षण !!

प्रेमले चोट खाँदा मन दुख्छ एक–क्षण
भौतिक शरीर नढल्दै मन पापी क्षण–क्षण
कल्पना नै नभोगि जीवन ठान्छन किन,
अंधमुष्टि मृत जस्तै भाईबन्धु क्षण–क्षण !!

असिम यो बिश्वासमा प्रेमको समर्पण
घात नियतिले नवदलिएको सोच किन,
सोच्छु नओईलाई यहाँ फुल झर्छन किन,
जीवन बुझ्न नपाई यहाँ प्राण जान्छ किन !!

जीवन फुल्ने बगैचामा रस चुस्छन किन
नसोचेको भएर, नदुखेको एक दिन,
कल्पनाको सागरमा मन डुब्छ, क्षण क्षण
सपना थिए, संकल्पमा बदलिएन किन,
अन्यासै, मृर्ग तृष्णा टरि जान्छ एक क्षण !!

असिम यो बिश्वासमा प्रेमको समर्पण
घात नियतिले नवदलिएको सोच किन,
सोच्छु नओईलाई यहाँ फुल झर्छन किन,
जीवन बुझ्न नपाई यहाँ प्राण जान्छ किन !!
जीवन फुल्ने बगैचामा रस चुस्छन, किन !

उनी सामाजिक अभियान्ता एवं कवि हुन् ।