दुर्घटनामा घाइते को–पाइलट मानन्धरको निधन

572
views

काठमाडौं, १४, जेठ । लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा घाइते हुनुभएका गोमा एयरका को–पाइलट सृजन मानन्धरको पनि निधन भएको छ । लुक्ला अस्पतालमा उपचारका क्रममा रहेका मानन्धरको निधन भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । मानन्धरको अवस्था गम्भीर रहेको थियो । मानन्धरलाई उपचारका लागि शनिबार नै काठमाडौं ल्याउने तयारी गरिएको भएपनि प्रतिकूल मौसमका कारण ल्याउन सकिएको थिएन । दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको शनिबार नै निधन भएको थियो । हालसम्म लुक्ला विमानस्थलको मौसममा सुधार नआएको र सुधार आउने वित्तिकै घाइते भइ उपचाररत रहेकी एयर होस्टेज प्रज्ञा महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने र पाइलट राई र को–पाइलट मानन्धरको शव पनि काठमाडौं ल्याउने तयारी गरिएको विमानस्थल स्रोतले जनाएको छ ।