सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा-पनेरु

702
views

पोखरा, २, भदौ । पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन भएका छन् ।

समितिको पोखरामा सम्पन्न आठौ साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बालकृष्ण भण्डारी, द्दितिय उपाध्यक्षमा नारायण दवाडी, महासचिवमा तुलबहादुर थापा, सचिवमा विरेन्द्र कुँवर, कोषाध्यक्षमा मुक्तिराम दाहाल तथा सह–कोषाध्यक्षमा कृष्ण पौडेल चयन भए । त्यसैगरि सदस्यहरुमा लोकनाथ आचार्य, छविलाल गौतम, विशाल अधिकारी, माधव बराल, नवराज आचार्य र गोविन्द पंगेनी चयन भएका छन् ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष आनन्दराज मुल्मिले अधिवेशनको उद्घाटन गर्दै अवको व्यवसाय पुरानै ढंगबाट सञ्चालित हुन नसक्ने बताए । परिवर्तितन परिवेशसंगै व्यवसायमा पनि आधुनिकता ल्याउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै नेवि संघका केन्द्रिय सदस्य समेत रहेका सर्वेश्वर टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण पराजुलीले घरधनी र व्यवसायिविच नङ र मासुको सम्बन्ध हुनुपर्ने औंल्याए । घरधनी र व्यवसायिका समस्य समाधानका लागि आफु हरदम सेतुको भूमिंका निर्वाह गर्न तत्पर रहेको पराजुलीले बताए ।

उद्घाटन समारोहका सभाध्यक्ष सन्तोष पौडेलले व्यवसायि र घरभेटीविच कम्तिमा १५ वर्षको सम्झौता गर्नुपर्नेमा जोड दिए । उनले घरभेटीले मर्डर र एडभान्स मनि लिन नपाउनेमा जोड दिंदै कारणवस व्यवसायिले छोडन पर्दा लगानी सुरक्षित हुने वातावरण श्रृजना हुनुपर्ने बताए । समितिका महासचिव तुलबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।