बराबरीमा म्यानचेष्टर युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स

496
views

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडलाई वुल्भरह्याम्पटन वान्डरर्सले बराबरीमा रोकेको छ ।

गएराति वुल्भरह्याम्पटनको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको २७ औं मिनेटमा एन्टोनियो मार्टियलले पहिलो गोल गर्दै म्यान्चेस्टर युनाईटेडलाई अग्रता दिलाए ।

तर ५५ औं मिनेटमा वुल्भरह्याम्पटनका रुबेन नेभेसले एक गोल फर्काउदै खेल बराबरी गरे । दोस्रो हाफमा पउल पोग्बाले एउटा पेनाल्टी प्रहार खेर फालेपछि युनाईटेड जित निकाल्न असफल रह्यो ।