मुल्याङ्न गर्ने जिम्मेवारी ईतिहास र जनतालाई सुम्पिदै प्रचण्ड

760
views

काठमाडौ, १४, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो कार्यकालको मूल्याङकन गर्ने जिम्मेवारी इतिहास र जनतालाई सुम्पिएको स्पष्टिकरण दिनुभएको छ । आइतवार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो स्पष्टीकरण दिनु भएको हो ।
संविधान कार्यान्वयन र विकास निर्माणलाई आफूले गति दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सन्तुलित विदेश नीति अवलम्बन गरेको पनि जानकारी गराउनुभयो । सबै राजनीतिक दलका वीचमा एकता र बिश्वास जगाउँदै अगाडि बढनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले आफनो १० महिने कार्यकालमा आफूले अगाडि बढाएका नीतिगत पक्षमा समेत स्पष्ट पार्नुभएको थियो ।