बार्सिलोनालाई लगातार तेस्रोपटक कोपा डेल रेको उपाधि

601
views

बार्सिलोना,१४, जेठ । – लियोनेल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई हराउँदै लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको छ । यो सँगै प्रशिक्षक लुइस एनरिकेले कप उपाधि जितेर विदा भएका छन् । तीन वर्ष क्याटालान क्लबको नेतृत्व सम्हालेका एनरिकेको यो अन्तिम हो । निकै रोमाञ्चक बनेको पहिलो हाफको खेलमा मेस्सीले खेलको ३० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिजन उनको यो ५४ औँ गोल हो । तर, त्यसको केही मिनेटमा नै थियो हर्नान्डेजले फ्रिकिक मार्फत गोल गर्दै खेल बाराबरीमा ल्याए । पहिलो हाफ सकिन लाग्दा नेयमारले खेल बराबरी ल्याए । यसअघिका दुवै फाइनलमा नेयमार गोल गरेका छन् । सन् २०१५ मा एथ्लेटिक बिलबाओ र सन् २०१६ मा सेभियाविरुद्ध नेयमारले गोल गरेका थिए । त्यसलगत्तै इन्जुरी समयमा मेस्सीले पाको अल्कासेरलाई गोलको अवसर सृजना गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । दोस्रो हाफमा कुनै गोल हुन सकेन र बार्साले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।