भारतीय विदेशमन्त्री जयशङ्कर काठमाडौंमा

662
views

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर काठमाडौं आईपुगेका छन् । उनी आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगे ।

जयशंकरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आएका हुन् ।