निकिताले दिईन् चितवन प्रहरी प्रमुख मल्ल सहित तीनजना विरूद्ध जाहेरी

719
views

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी पत्नी निकिता पौडेलले पुडासैनी भिडिओ कीर्ते आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन् ।

निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा आज जाहेरी दिएकी हुन् ।

उनले कीर्ते गरेकोमा हदैसम्मको सजायको माग सहित तीन जनाविरुद्ध जाहेरी दिएपछि ‘जाहेरीमा उल्लेखित विषय हेरिरहेको र के गर्ने भन्ने निष्कर्षमा पुगिनसकेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।