बिष्णुपादुका स्कुलमा बार्षिकोत्सव

885
views

गोविन्द तिमिल्सिना
हेमजा, ४, भाद्र । बिष्णुपादुका स्कुलको ५१ औ बार्षिकोत्सब, अभिभावक दिवस, पुरस्कार वितरण एवं स्वर्ण स्मरिका विमोचन कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सरकारका खेलकुद मन्त्री जगत वि.क.ले विद्यालयको प्रगतिको शुभकामना दिदै गुणस्तरिय शिक्षा बनाउन फराकिलो तरिकाले योजना बनाउनुपर्ने बताए ।

कार्यक्रममा सांसद रामजी बराल, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर क्षेत्री र पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिना लगायतले विद्यालयको प्रगतिको शुभकामना ब्यक्त गरेका थिए । प्रा.ज्ञा सुर्य खड्काले स्वर्ण स्मरिकाको समिक्षा गरेको कार्यक्रममा बिद्यार्थीले बिभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा शैक्षिक बर्ष २०७५ मा कक्षा नर्सरी देखि कक्षा दशसम्म प्रथम, दितिय, तितिय र सान्तोना लगायत बिभिन्न अतिरिक्त क्रियकलापको पुरस्कार वितरण गरिएको छ । यसैगरि विद्यालयलाई सहयोग गर्ने ब्यक्तिलाई सममान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक रामकृष्ण अधिकारीले २०७५ को बार्षिक प्रतिबेदन र लेखापाल गोमा सापकोटाले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सहयाक प्राचार्य दिपकराज पौडेलले स्वागत शिक्षक मिनबहादुर थापा र गोबिन्द बाँस्तोलाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।