नागढुङ्गामा हरितालिका तीज एवं जेष्ठ नागरिक सम्मान

953
views

पोखरा, ५, भदौं । नागढुङ्गा आमा समुहको १७ औं साधारण–सभाको पूर्वाद्र्धमा बुधबार हरितालिका तीज तथा बृद्ध सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्थानिय पवित्रा गिरीलाई जेष्ठ नागरिक सम्मानबाट सम्मानित गरियो । सम्मानित गिरीले झण्डै डेढ दशक नागढुङ्गा आमा समुहको नेतृत्व सम्हाली विभिन्न सामाजिक एवं भौतिक विकास कार्यमा योगदान पु¥याएकि थिइन् । गिरीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरामा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य राममाया मानन्धरले दोसल्ला सहित सम्मान–पत्र प्रदानले सम्मानित गरिन् ।

त्यसैगरि समुहलाई आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगीहरु पार्वती अधिकारी, कमला काप्री,मिरा तुलाचन, रामेश्वरी पौडेल, भगवती लामिछाने, माया श्रेष्ठ, भगवती पन्त र भरत सापकोटालाई पनि सोही अवसरमा सम्मान गरियो ।

कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष कमल काफ्ले, नागढुङ्गा युवा क्लवका विनोद लामिछाने लगायतले समुहका गतिविधीबारे चर्चा गर्दै हरितालिका तीजको शुभ–कामना मन्तव्य राखेका थिए ।

यसैविच समुहले वर्षेनी गर्दै आएको हरितालिका तीज गित नृत्य प्रतियोगितामा सनिता श्रेष्ठ प्रथम, गिता कँडेल काफ्ले द्वितिय, अम्बिका लामिछाने तृतीय तथा बबिता पन्त चौथो स्थान हाँसिल गर्दै पुरस्कृत भए । गायिका लक्ष्मी गिरीले नृत्य प्रतियोगितामा निर्णायकको भूमिंका निर्वाह गरेकि थिइन् ।

नागढुङ्गा आमा समुहका अध्यक्ष लक्ष्मी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला केसीले स्वागत सचिव सिमा लामिछाने सञ्चालन कोषाध्यक्ष कमला श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।