जीप दुर्घटनामा ३ जनाको मृत्यु

626
views

अछाम । अछामको बान्नीगढीमा मुजाबगरबाट जयगढ आउदै गरेको से १ ज ९९५ नम्वरको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । बान्नीगढि जयगढ गाउँपालिकास्थित जयगढ माझेठाना सडकखण्डको सुकिबाग नजिकै जिप दुर्घटना भएको थियो ।

सो दुर्घटनामा एक जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाईतेलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको थियो ।

दुर्घटनामा परी बान्नीगढी जयगढका अशोक परियार र काले परियार र बैतडीका लाल बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते तीन जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।