एनआइसी एसिया बैंकले ल्यायो स्वाथ्योपचारमा सहुलियत

770
views

महेन्द्र जिसी
पर्वत । ‘बैंक पनि साथी पनि’ भन्ने अभियान सहित सेवा प्रवाह गर्दै आएको बैंक एनआईसी एसिया शाखा कुश्मा मार्फत शान्ति दिप अस्पताल पर्वतले सामाजिक कार्य अन्तर्गत आफ्ना ग्राहकहरुको लागि स्वाथ्यमा १० प्रतिशत छुट दिन थालेको छ ।

अस्पतालले विहीबारदेखी लागु हुने गरी बैंकसँग सहकार्य गर्दै जिल्ला भरका ग्राहकहरुलाई उपचारमा दश प्रतिशत छुटको सम्झौता गरेको हो । जिल्लाका कुल ६ हजार ५ सय ग्राहकहरुको उपचारको लागि बैंकको कुनैपनि परिचय लिएर आएमा स्वाथ्योपचारमा कुल खर्चको दश प्रतिशत छुट दिने हो गरी सम्झौता गरेको हो ।

एक कार्यक्रमको आयोजना गरेर बैंक प्रबन्धक विजय चापागाई र अस्पतालका अध्यक्ष डा.प्रमोद कुमार मण्डलविच सम्झौता भएको हो । पाँचवर्षसम्म लागु हुने गरी सम्झौता गरिएको हो । अस्पतालको सेवा ग्रहीहरुले एन आई सी एसीयाको एटीएमबाट पनि भुक्तानी गर्न मिल्ने भएको हो ।

बैंकका प्रबन्धक चापागाईले अस्पतालको सबै सेवामा दश प्रतिशत छुट र औषधीमा पाँच प्रतिशत छुट हुने व्यवस्था सहित सम्झौता भएको बताउनुभयो । एनआई एसिया बैंक कुश्मा शाखा देशैभर १५ लाख ग्राहक र एक सय पचास अरव लगानी गरीसकेको निजी क्षेत्रको अग्रणी बैंकको रुपमा रहेको बैंकले सेवा ग्राहीको स्वाथ्योपचारको लागि समेत चासो बढाएको हो ।

‘बैंक पनि साथी पनि’ नारा स्लोगन गर्दै आएको बैंकले स्वाथ्यको समेत ख्याल गरेर आफ्ना ग्राहकलाई साथीको महशुस गराएको अस्पतालका अध्यक्ष डा.प्रमोद कुमार मण्डलले बताउनु भयो । अस्पतालको सबै खाले सेवामा लागु हुने गरी दश प्रतिशत र औषधिको लागि पाँच प्रतिशत छुटको व्यवस्था सहीत सम्झौता गरीएको बताउनु भयो ।

रगत जाँच, विसाव जाँच, एक्सरे, ईसीजी, मुटु जाँच, फिजीयोथेरापी लगायतका सबै सेवामा विहीबार देखी लागु हुने गरी सम्झौता गरीएको छ ।