अध्यापन अनुमतिपत्र भरेका आवेदकलाई अवसर

424
views

काठमाडौँ, ८, भदौ । शिक्षकसेवा आयोगले अध्यापन अनुमतिपत्रको आवेदन फारम सच्याउनका लागि आवेदकहलाई अवसर दिएको छ । आयोगले पहिलोपटक अनलाइनका माध्यमबाट आवेदन फारम भर्न पाउने सुविधा प्रदान गरेको थियो । गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए ।

भरिएकामध्ये करिब साढे दुई हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको हो ।

आयोगका सूचना अधिकारी दामोदर आचार्यले आवेदकहरूले साइबरबाट फाराम भरेको र त्यसरी भर्दा विवरण गल्ती गरेकाले उनीहरूलाई सच्याउने अवसर दिइएको बताए ।