रोहिंग्या मुस्लिमलाई म्यानमार फर्काउने बंगलादेशको असफल प्रयास

618
views

बंगलादेश । बंगलादेशले रोहिंग्या मुस्लिम समुदायप्रति गरिने व्यवहारमा कडाई गर्ने भएको छ । विस्थापित भएको लामो समयसम्म पनि म्यानमारले शरणार्थी आफ्नो देश फर्काउनका लागि पहल नगरेको भन्दै बंगलादेशले कडा नीति अवलम्वन गर्ने भएको हो ।

बंगलादेशका विदेशमन्त्री अब्दुल मोमिनले रोहिंग्या मुस्लिमको आर्थिक भार सरकारले बहन गर्न नसक्ने बताएका छन् । बिहीबार स्वदेश फर्काउनका लागि बसको ब्यवस्था गरेपनि रोहिंग्याहरु नफर्केपछि विदेशमन्त्रीको यस्तो भनाइ आएको हो ।

पछिल्लो समय तीन हजार पाँच सय शरणार्थीहरु फर्काउने तयारी सफल नभएको हो । केही गैर सरकारी संस्थाहरुले समेत शरणार्थी म्यानमार नफर्कन अभियान चलाएको बंगलादेशको आरोप छ ।

म्यानमारले भने रोहिंग्यालाई स्वदेश फर्काउन बंगलादेशले पहल नगरेको आरोप लगाएको छ । हाल बंगलादेशमा सात लाख चालिस हजार रोहिंग्याहरु शरणार्थीका रुपमा रहेका छन् । म्यानमारको रखाइन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरुको धार्मिक र जातीय द्वन्द्वका कारण उनीहरु बिस्थापित भएका हुन् । एभिन्यूज डट टिभीबाट