तिन देशमा ‘अग्निदहन’ प्रदर्शनको तयारी

52
views

श्रीभद्र पौडेल
हेमजा, ९, भदौं । यो साता मलेसिया, सिंगापुर र थाइल्याण्डमा चलचित्र ‘अग्निदहन’ प्रदर्शन हुँदैछ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा त्यहाँ स्थित नेपाली दुतावासको व्यवस्थापनमा चलचित्र प्रदर्शनको तयारी गरिएको हो। प्रर्दशनीका लागि मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्याय, वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, प्रधानमन्त्री कार्यालयका प्रतिनिधी देवेन्द्र ढकाल तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका नविनकिरण भुषाल सहभागि टोली शुक्रवार दिउँसो मलेसियातर्फ प्रस्थान गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा आइतवार (आज) चलचित्र प्रदर्शन भएको छ । त्यहाँ स्थित सुदुरपश्चिमेली नेपाली समाजको पाँचौ अधिवेशन तथा गौरा पर्व कार्यक्रमका बीच चलचित्र प्रदर्शन गरिएको हो।त्यस्तै भदौ ११ गते सिंगापुर तथा १४ गते थाइलेण्डमा प्रदर्शन गर्ने तयारी भएको छ।कार्यक्रममा त्यहाँ स्थित राजदूत तथा नेपाली समूदायको सहभागिता रहने प्रतिष्ठानका महासचिव श्रीभद्र पौडेलले जानकारी दिए।उक्त टोली यहि भदौ १६ गते नेपाल फर्कने कार्यक्रम छ ।