रवि र युवराजको बयान सकियो, थुनछेक बहस सुरु

486
views

चितवन, ९, भदौ । । चितवन जिल्ला अदालतमा शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोपित रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बहस लिइएको थियो ।

आइतबार नै अर्की अभियुक्त अस्मिता कार्की‘रुकु’ बयान लिइएको थियो । बयान सकिएसँगै अब थुन छेकको लागि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्दैछन् ।

थुनछेकको बहस आजै सकियो खण्डमा आरोपीहरु छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले अहिले न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको जानकारी दिए ।