ला लिगाः रियल बेटिसमाथि बार्सिलोनाको जित

834
views

एजेन्सी । स्पेनिस लालिगामा बार्सिलोनाले शानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५÷२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले दुई गोल गरे । कार्लोस पेरेज, जोर्डी अल्बा र अटुर्रो भिडालले एक–एक गोल गरे ।

बेटिसका लागि नाबिल फिकिर र मोरोनले एक–एक गोल फर्काए । बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बे विना नै मैदानमा उत्रिएको थियो । बार्सिलोनाले लिगमा पहिलो जित निकालेको हो । पहिलो खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको थियो ।

गएराति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले लेगानेस र रियल सोसिडाडले रियल मालोर्चालाई समान एक शुन्य गोल अन्तरले पराजित गरेका छन् । एलाभेस र स्पानियोलले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।