वीपी स्मृति भवन निर्माणका लागि १० लाख विनियोजन

774
views

पर्वत । नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिद्वारा निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि जलजला गाउँपालिकाबाट १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको छ ।

जलजला गाउँकार्यपालिकाको बैठकले वीपी स्मृति भवनको लागि सो रकम दिने निर्णय गरेको जलजला गाउँपालिकाका अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक यामबहादुर मल्ल रामकृष्णले जानाकारी दिए ।

अध्यक्ष मल्लले भवन निर्माणका लागि व्यक्रिगन तर्फबाट पाँच लाख सहयोग गर्ने प्रतिबद्धता वयक्त गरेका छन् । अध्यक्ष मल्लको अग्रसरतामा स्वर्गीय मोहनबहादुर मल्लको परिवारले ९० लाख बराबरको जग्गा निशुल्क उपलब्ध गराएको थियो ।

निर्माणाधिन भवनको गत फागुन २७ गते नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।