सरकारका अलोकप्रिय कदमले जनविश्वास गुमेको छ–सिंह

494
views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमले सरकारप्रति नागरिकहरुको भरोसा गुम्दै गएको पनि उनले दाबी गरे । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो दाबी गरेका हुन् ।

‘भ्रष्टाचार हुन दिदैनौं भन्दै गर्दा दिनानुदिन ठुलाठुला भ्रष्टाचारका घटनाहरु बाहिर आइरहेको बताउँदै नेता सिंहले भने ‘सरकार दिनप्रतिनि जनताको नजरबाट गिर्दै गएको छ । उनले सरकारका गतिविधिले पार्दे गएको असरकप्रति सिङ्गो मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय बनेको बताए ।

नेता सिंहले सरकारका गतिविधिको परिणाम दुभाग्यपूर्ण भएको बताउँदै सबै नेता कार्यकर्ताहरु सजग र सतर्क रहन ुपर्ने बताए । पछिल्लो समय जनसरोकारका विषयमा कांग्रेस खरो उत्रन नसकेको भन्दै आलोचना भइरहेको बेला नेता सिंहले जनसरोकारका विषयमा मौन नबसेको दाबी गरे ।

‘जनसरोकारका विषयमा विषयमा कांग्रेस मौन बस्यो भन्नु सही होइन, हामी आवाज उठाइरहेका छौं’, उनले भने, ’तर जति हुनुपर्ने त्यो नभएको हुनसक्छ ।’

उनले मंगलादेवी सिंहको व्यक्तित्व र कीर्तित्वको चर्चा गर्दै उनको उचित मूल्यांकन हुन नसकेको गुनासो गरे । मंगलादेवी नेपाली महिला आन्दोलनकी अग्रणी मानिन्छन् । उनी कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी श्रीमती तथा नेता प्रकाशमान सिंहकी आमा हुन् ।