थापाठानामा तिजगित प्रतियोगिता

1984
views

सन्देश लामिछाने
पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानामा गठित मिलन युवा क्लबको आयोजनामा तिज गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ । क्लबका अध्यक्ष भानुप्रकाश थापाका अनुसार महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौ १६ गते हरितालिका तीजको दिन फलेवास नगरपालिका–२ थापाठाना मेहेलपोखरीमा बृहत कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा तीज गीत प्रतियोगिताको साथै सांस्कृतिक मेलाको पनि आयोजना गर्न लागिएको छ । सोही अवसरमा श्री मिलन युवा क्लबका अध्यक्ष तथा संयोजक भानुप्रकाश थापा र सचिव अनिल बहादुर थापाका अनुसार उक्त कार्यक्रममा प्रमुख अतिथि फ.न.पा. का मेयर पदमपाणी शर्मा रहने छन् ।

उक्त कार्यक्रममा कलाकारहरुरितु थापा मगर, रवि कार्की कमेडी डान्सर (सुमिना पुन सुक पुन लगायतको सांगितिक प्रस्तुतिहरु रहने छन् । हिन्दु तथा नेपाली महिलाहरुको लागि तीजको बिशेष महत्व रहेकोले सांस्कृति रुपमा तीज मनाउन सकिन्छ भन्ने मान्यताका साथ प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम राखिएको अध्यक्ष भानुप्रकाशले बताए ।

कार्यक्रमको लागि आर्थिक संकलनको काम चलिरहेको र यसका लागि स्वदेश तथा विदेशमा रहेका गाउँबासी तथा अन्यत्र ठाउँका ब्यक्तिहरुले पनि सहयोग गरेको बताए । श्री मिलन युवा क्लबले स्थापनाकालदेखि समाजसेवाका कामहरु गर्दै आइरहेको छ ।

समाजलाई सभ्य बनाउन सकेमा मात्र मानिसमा पनि सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ दुःख तथा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने काम पनि क्लबले गरिरहेको छ । अध्यक्ष भानुप्रकाशले क्लबले आउँदा दिनमा पनि मानवीय संवेगको पक्षसँग जोडिएर र समाज र राष्ट्रका लागि विभिन्न कामहरुलाई निरन्तरता दिइरहने बताए ।