‘माछा तालमै बजार भिड’

1335
views

जितेन्द्र थापा
सुर्खेत, ११, भदौ । हरेकदिन नेपाली युवा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट वाहिरिन्छन् । आफ्नो देशलाई धिकार्छन । स्वदेशमा केहि गर्न सकिदैन भनेर विदेशिन्छन् । विभिन्न दुःख पाउँछन् र आफ्नो मातृभुमिलाई सम्झिन्छन् । तर, कोहि युवा आफ्नै देशमा पनि सुन फल्छ र फलाउन सकिन्छ भन्ने दृढ विश्वासमा छन् ।

यहाँका एक युवाले आफ्नै भुमिमा पसिना बगाउँदै र परिवारसँग रमाउँदै नेपालमै लाखौ रुपैयाँ आम्दानी गरेका छन् । कर्णाली प्रदेश अन्र्तगत दैलेखको ठाटिकाध गाउँपालिका वडा नं २ लकान्द्र घर भई हाल सुर्खेतको विरेन्द्रनगर नगरपालिका–३ भुरेलिस्थित अस्थाइ बसोबास गदै आएका देवराज थापाले स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् ।

२०७४ सालदेखि वार्षिक १ लाख २ हजार भाडा तिरेर २१ कठ्ठा जमिनको १० कठ्ठा जमिनमा पोखरी निर्माण गरि माछापालन व्यावसाय सुरु गदै आएका उनले तिनवर्ष अघिबाट माछापालन व्यावसाय शुरु गरेका हुन् ।

थापाको पोखरीमा अहिले थुप्रै प्रजातिका बाह्रहजार भुरा माछा छन् । कसैलाई व्यावसाय गरे त हुन्थ्यो तर बजार छैन भनेर विदेश जानेहरुलाई चुनौति दिएका उनले माछापालन व्यावसायबाट बार्षिक तीन देखि चारलाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउँछन् । ‘माछा तालमै बजार भिड छ, स्थानीय बजारमा पुर्याउन समेत हम्मेहम्मे परेको थापाको भनाई छ ।

माछापालन व्यावसया घरपरिवारको उत्तिकै साथ पाएका थापाले एग्रिकल्चर साइन्स विषयको आफ्नो पढाईलाई पनि निरन्तता दिदैं आएका छन् ।

थापाले आफ्ना ग्राहकलाई आलो माछाका हरेक परिकारसँगै माछाको सुकटीबाट समेत सन्तुष्टि दिलाउँदै आएको ग्राहकहरुको भनाई छ ।