सुर्खेतमा बस दुर्घटनाः तीनको मृत्यु, २८ जना घाइते

630
views

जितेन्द्र थापा
सुर्खेत । पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस सुर्खेत हर्रे नजिकै दुर्घटना भएको छ ।

यात्रुबाहक बस दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावले जानकारी दिए ।

बस सडकबाट करिब एक सय ५० मिटर तल खसेकोप्रहरीले जनाएको छ । घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ ।