टेक्सासमा भएको गोली प्रहारमा ५ जनाको मृत्यु, २१ घाइते

522
views

अमेरिका । अमेरिकाको टेक्सासमा बन्धुकधारीको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर २१ जना घाईते भएका छन् । पश्चिम टेक्सासको ओडेसामा एक ब्यक्तिले अमेरिकी हुलाक सेवाको गाडी अपहरण गरेर अन्धाधुन्ध गोली चलाएको हो ।

बन्दुकधारीले ओडेसा र मिडल्याण्ड क्षेत्रमा अनियन्त्रित रूपमा गोलि चलाएको प्रहरीले जानकारी दिएको छ । आक्रमणमा सग्लन बन्दुकधारीको पनि प्रहरी कारवाहीमा मृत्यु भएको छ ।