‘सुन्तला सुन, माहुरी हिरा’ (तस्विर सहित)

1357
views
आत्मविश्वास हुनुपर्छ ‘सुन्तला सुन, माहुरी हिरा’ हो । टिकाराम तिमिल्सिना

पर्वत । ‘धन कमाउने रहर गरेर मात्र हुदैन’, ‘त्यसका लागि आत्मविश्वास हुनुपर्छ ।’ लगनशील भएर काममा लाग्ने हो भने कोहीपनि असफल हुँदैन । मोदी गाउँपालिका–२ देउपुरका माहुरीपालक किसान टिकाराम तिमिल्सिनाले सुन्तला व्यावसायलाई सुन र माहुरी व्यावसायलाई हिराको रुपमा ठान्दछन् । उनी भन्छन् ‘सुन्तला सुन, माहुरी हिरा’ हो ।’

सुन्तला र माहुरी व्यावसायमै १७ बर्ष वितेको उनी बताउँछन् । माहुरी पालनले आफ्नो जीवननै परिवर्तन भएको उनी सुनाउँछन् । तिमिल्सिना माहुरी र सुन्तला खेतीमा दख्खल छन् । करिब १४ रोपनी जग्गामा सुन्तला र एकसय पचास घार माहुरी उनको आम्दानीको स्रोत हो । उनले माहुरी र सुन्तलाबाट बार्षिक १५ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । हरेक दिन विहानदेखि बेलुकासम्म माहुरीको गोठालो उनी वास्तविक किसान र राज्यकाबीच भेट हुन नसकेको बताउँछन् । कृषकलाई सहयोग नगर्दा युवा पुस्ता कृषिमा लालयित नभएको बताउँछन ।

उनको व्यवसायमा परिवारको ठूलो सहयोग छ । प्राविधिकदेखि सबै कामहरुमा परिवार पनि उत्तिकै जानकार छ । तिमिल्सिनाले माहुरी व्यवसायलाई वृद्धि गर्न एकजना कर्मचारीको समेत व्यवस्था गरेका छन् । प्रतिवर्ष तीनदेखी चार क्विण्टल मह उत्पादन र स्थानीय बजारमा मह बिक्रि गर्दै आएका उनको माहुरी व्यवसाय अवलोकन गर्न अमेरिका, भारत र नेपालका हरेक ठाउँबाट आउने गरेका छन् ।

तिमिल्सिनाले उत्पादन गरेको माहुरीको मह प्रतिकिलो ११ सय रुपैयाँका दरले पर्वत, कास्की र चितवनसम्म बिक्री हुँदै आएको छ । सुन्तलाको लागि सिञ्चाई र माहुरीमा पर्ने असिना संकटमा राज्यबाट उनले अनुदान समेत पाएका छैनन् । उनीभन्दा कनिष्ठहरु राष्ट्रपति पुरष्कारको भागिदार बने तर, तिमिल्सिनाका लागि त्यो सौभाग्य जुटेको छैन् ।

सुन्तला, मह, माहुरी र घार बिक्रिबाट आम्दानी गर्दै आएका तिमिल्सिनाले कृषि व्यवसायबाटै आर्थिक उन्नति गर्न सकिने र विदेश जान नपर्ने बताउँछन् ।

पैसा कमाउनका लागि विदेशमा पसिना बगाउनु भन्दा हरेक युवाले स्वदेशमै कृषि व्यवसाय गर्न जरुरी रहेको टिकारामका छोरा प्रतिक तिमिल्सनाको भनाई छ । साईन्स विषय लिएर अध्ययन गरिरहेका उनले फुर्सदको पुरै समय व्यवसायलाई दिएको र १७ बर्ष अगाडी आफ्ना बुवाले गरेको व्यवसायले कृषिप्रतिको मोह बढाएको बताउँछन् । तिमिल्सनाले विदेशमा पसिना बगाउन जाने युवालाई स्वदेशमै कृषि व्यवसाय गर्न आग्रह गर्दछन् ।

यहाँका स्थानीयले पनि उनको पेशा व्यवसायमा निकै खुसी व्यक्त गरेका छन्र । स्थानीय भुमिराज तिमिल्सिनाले शुरुमा चारपाँच घार माहुरीबाट व्यवसाय गरेका टिकारामले यति ठूलो प्रगति गर्छन भन्ने विश्वास नलागेको बताए ।

उनले टिकारम जस्ता व्यवसायिलाई राज्यले सहयोग गर्नुपर्ने भएपनि राज्यबाट प्रोत्साहन र सहयोग नपाउँदा अन्य युवाहरु कृषि पेशामा अविश्वास गरी विदेश पलायन भएको बताए ।