रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटर फाइनलमा

486
views

एजेन्सी । रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । तेस्रो बरियताका स्वीस फेडेरर १५ औं बरियताका डेविड गोफिनलाई हराएर अन्तिम आठमा पुगेका हुन ।

फेडेररले बेल्जियमका डेविडलाई छ–दुई, छ–दुई र छ–शुन्यको सेटमा हराए । फेडेररले क्वाटरफाइनलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग प्रतिस्पर्धा गर्ने छन् । ग्रिगोरले अस्ट्रेलियाका एलेक्स डी मिनाउरलाई हराएर अन्तिम आठमा ठाँउ बनाएका हुन ।

त्यस्तै अमेरिकी सेरेना विलियम्स महिलातर्फ क्वाटरफाइनलमा पुगेकी छिन । पाँचौ बरियाता कि सेरेनाले २२ औँ बरियताकी पेट्रा मार्टिकलाई छ–तीन र छ–चारको सेटमा पराजित गरेकी हुन् । सेरेना छ पटककी युएस ओपन जितेकी छिन् । उनले अन्तिम आठमा चीनकी वाङ्ग क्वीएङ्गसँग प्रतिस्पर्धा गर्ने छिन् ।