यस्तो छ आगामी आर्थिक वर्ष ०७४ र ७५ को बजेट

572
views

काठमाडौं १५ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आज आगामी आर्थिक वर्ष २०७४ र ७५ का लागि आय–व्यय विवरण (बजेट) संसद् समक्ष प्रस्तुत गर्दैछन् । संविधानमा प्रत्येक वर्ष बजेट सार्वजनिक गर्ने दिन जेठ १५ तोकिएको छ ।
राष्ट्रिय योजना आयोगले सरकारलाई आगामी आर्थिक वर्ष २०७४ र ७५ का लागि १२ खर्ब ६ अर्ब रुपैयाँ सीमा तोकेर बजेट बनाउन निर्देशन दिएको छ । अर्थमन्त्री महराले यही सीमाभित्र रहेर बजेट बनाएका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार ७ सय ४४ स्थानीय तहका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ । विगतमा जस्तै सरकारले महत्वपूर्ण र राष्ट्रिय गौरवका आयोजनामा पर्याप्त बजेट छुट्याएको छ । सरकारले नयाँ कार्यक्रम नल्याउने बताए पनि बजेटमा केही नयाँ कार्यक्रम राखिएका छन् । आगामी वर्ष प्रान्त र केन्द्रको चुनाव गर्नुपर्ने भएकाले करिब ४० अर्ब रुपैयाँ यसका लागि विनियोजन गरिएको छ ।
यसपालि निजामती कर्मचारीका लागि सेवा–सुविधामा वृद्धि गरिएको छैन । अर्थ स्रोतका अनुसार सामाजिक सुरक्षा भत्ता बढाउन अर्थमन्त्री महराले चाहे पनि दुई निर्वाचनका बीचमा बजेट आउने भएका कारण यो सम्भव हुन सकेन ।
बजेटमा १८ देखि २० प्रतिशतका दरले राजस्व वृद्धिको लक्ष्य राखिएको छ । राजस्व बढाउन केही वस्तुमा करको दर हेरफेर गरिएको स्रोतले जानकारी दियो ।