आमालाई चिठी खै र लोकतन्त्र ?

1431
views

-आसिस सापकोटा

पुजनिय आमा सेवा ढोग, हजुर त्यहाँ कुसलमङ्गल हुनुहुन्छ भन्ने आसा अनि भगवानसँग प्राथना गरिरहेको छु । म आज हजुरहरुको सामिप्यतामा छैन आज प्रत्यक पल पलमा हजुरहरुको माया खड्किरहेको छ यो बिरानो मुलुकमा । हो आमा म देशमै बसेर केही गर्ने साेंच राखेको थिएँ । तर, आज म बिरानो मुलुकमा आफ्नो रगत पसिनासँग भबिश्यका सुनौला सपनाहरु साट्न बाध्य छु । मुलुकमा बेरोजगारी समस्या ब्याप्त छ । कृषि प्रधान मुलुक खाद्यान्नका लागि मुख ताक्नुपर्ने अबस्थामा पुगेको छ । हो आमा अझै पनि मुलुकका कर्णधार मानिएका युवाहरु आफ्नो रगत र पसिनालाई लिलामी गर्न अन्तराष्ट्रिय बजार धाईरहुनुपर्ने बाध्यता आईरहेको छ।एकातिर आफ्नो गाउठाउमा अबसर नपाएर आफ्नो सीप र पसिना बेदेस लगेर बेच्नुपरिरहेको जागजेहेरै छ भने अर्कातिर मुलुकका शाषकहरु ती नै युवाबाट भित्रीने रेमिट्यान्सबाट मुलुक चलाउन पाएकोमा दङ्ग छन् पछिल्लो पटक युवाहरु बिदेश्मा सुन नै फल्ने आशा बोकेर बैदेशिक रोजगारको यात्रा गर्न बाध्य छन् । बिदेशी भुमिको दलदलमा भासिन बाध्य छन् । भासिएका युवाहरुको कारुणिक कथाहरु बखान नै गर्न सकिदैन कतिको अङभङ हुन्छ, कतिको ज्यान नै लिलामी हुन्छ, त्यो त बखान नै गर्न कहाँ सकिन्छ र ?

हो आमा तिमिलाई खुशी दिने चुहिएको घरको छानो फेर्ने अनि साहुको ऋण तिर्ने उपायको खोजिमा परदेशिको यो बिरानो ठाउँमा न घाम न पानी न दिन न रात भन्दै भबिश्यका सुनौला सपनाहरु सजाउन बाध्य हुनुपरेको छ । आमा माथिल्ला घरे काका पल्लाघरे काकाका छोराहरु पनि त प्रदेशिएका थिए नि उनिहरु आफ्नो सुनौलो भबिश्यसँग पौँठेजोडि खेल्दा खेल्दै सपनाहरु त्यो रातो काठको बाकसमा सजिएर आएका होईनन् र आमा ? हो आमा मलाई पनि कहिलेकाँही डर लाग्छ । मेरा सपनाहरु पनि त्यसरि नै तुहिने त होईनन् भनेर ! आमा आजकल त हजुर अलिक बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ हजुरको दम पनि ह्वातै बढेको छ रे । अनि मेरै चिन्ताले हजुरको रक्तचाप पनि ह्वातैै बढेको छ रे ! आमा आजकल सुन्छु साहुले ब्याज तिरेन भनेर दिन दिनै धम्क्याउन गुण्डाहरु पठाउँछ रे । हो आमा म जस्ता हजारौ दाजुभाई विदेशी भुमिमा आफ्नो रगत पसिना साट्न बाध्य छौं । खै र आमा हाम्रा पनि दिन आउँछन र ? तिमिले सुखको सास फेर्न पाउली र खै ? थाहा छ आमा हिजो मसँगै बस्ने साथिको मेसिनले हात नै लगिदियो के गर्नु दैबको लिला कस्ले पो जान्दछ र ? मैले यति कोर्दा र मेरा चिठी पढेर तिमी अतालेउली न अतालिनु है म त अहिले सम्म एक छाक खाएर भएपनी जिएकै छु ।

आमा २००७ सालमा राणा फाले हाम्रा जिजु बाजेले । २०४६ मा पञ्चायत फाले हाम्रा बाबाले । अनि २०६२ र २०६३ मा मैले पनि जानी नजानी जिन्दावाद र मुर्दावादको नारा लगाउदै आन्दोलनमा सहभागी भएँ । तत्पश्चात राजतन्त्र पनि अन्त्य भयो । मुलुकमा लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्था पुनःस्थापना भयो । आमा त्यति बेला तिमिले लामो सास फेर्दै मलाई भन्ने गर्थेउ नि छोरा अब हाम्रा दिन पनि फिर्ने भए । खै र आमा त्यो समयको उमङ आज कागलाई बेल पाक्यो हर्सन बिस्मात ! भने जस्तै बनेको छ । हो आमा एउटा खाने भँुडि समाप्त भयो उतिबेला आज त मुलुकमा त्यो भन्दा पनि निकै अजिङर जत्रा भुँडी भएकाहरुको जन्म भएको छ । आमा हिजो चप्पलमा ल्याक्तो चक्लेटको खोल तन्काएर चप्पल लगाउनेहरु आज आलिसान महल खडा गरेर चिल्लो करोडौको गाडिमा सरर गुड्दा मन भुमरी जस्तै बटारिन्छ । हो आमा अझै पनि ती टुहुरा भोका नाङ्गा बालबालिका आफ्नो माडको निमित्त पोटासिएम र साईनाईटले पेट भर्न बाध्य छन । उपचार नपाएर दुर दराजका जनताहरु अकालमा मर्न बाध्य छन । खै र आमा तिमी हामीलाई लोकतन्त्र आएको मन हर्ष छाएको । खाउ दिन भरिको सिकार न खाऊँ कान्छा बाउको अनुहार जस्तै भएको छ ।

आमा यो तपाईको अबोध सन्तानले हजुरको एक थान खुसी किन्न सक्ने आशा भरोसा अनि बिश्वासमा अडिग रहने प्रतिबद्दता जनाउन चाहन्छु । आमा आजकल त देशमा ठुलै परिवर्तन भएको छ रे मुलुकमा निकम्पाहरुले शासन गरेका छन् रे । बेला बेलामा चट्क देखाउँछन रे दर्शक जम्मा पार्छन रे अनि दर्शकले चटक हेरेर ताली पिट्दै मजा लिन्छन रे आमा तिमी पनि चटक हेर्न जान्छेउ होला मेट्रो रेल चढेर कति परिवर्तन भएको छ मेरो देश है आमा आजकल धारामा पानी आउँछ रे दैनिक जसो मेलम्चिको पानी पनि राजधानीमा आयो होला अहिलेसम्म त । हो आमा तिमी पनि आजकल घर घरमा भित्रएको ग्याँस चुलोमा खाना बनाउँदै आफ्नो दम कम गर्दै होउली आमा तिमी सरर पानीजहाजमा नेपाल भ्रमण गरिरहेकी होउली । राम्रा अस्पतालमा रक्तचापको उपचार गरिरहेकी होउली । नातिलाई निशुल्क उच्च स्तरको विद्यालयमा भर्ना गरेकी होउली । यति शब्द लेख्दै गर्दा मेरो निन्द्रा पनि खुलेछ आमा म सपनामा हजुरलाई यत्तिका शब्द कोरिरहेछु । आमा म बिवश छु । २ हप्ता अगाडि हजुरलाई पठाएको मोबाईल गुन्यू चोलो नातिलाई पठाएको ट्याबलेट, प्यारीलाई पठाएको घडी अनि आफन्तलाई पठाएको चक्लेट त्यो विमानस्थलमा पास हुन पाएन रे हो आम जहाँ ३३ किलो सुन सजिलै पास भएको थियो । हामी गरिब जनतालाई तिर हान्ने काम भएको छ आमा हजुरहरुको सानो खुसी पनि देख्न नसक्नेहरु कसरी गरिब जनताका शाषक हुन्छन् ।

आमा आज मुलुकमा अरबौ अरबौ रकम भ्रष्टाचार भएको छ मुलुक हामीजस्ता ४० लाख युवाको रेमिटान्सबाट चलिरहेको छ । अनि हामिलाई नै लात्ती हाने काम हुँदा हामी चुपचाप सहेर बस्नुपर्ने हाम्रो बाध्यता हो । हामी दबिएरै बस्नुपर्ने उनिहरुचाहिँ लोकतान्त्रिक ब्यबस्थाको फुस्रा भाषण गरेर दिन गुना, चौ गुना, चिल्ला गाडी र बङगाला जोड्नुपर्ने अनि कर चाहिँ हामीले तिर्नु पर्ने १ आमा हुन त म भन्दा देशको बारेमा तिमी धरै जानकार छेउ तर पनि कुनै न कुनै तरिकाले यो तिम्रो सन्तान पनि जानकार राखिरहन्छ । हो आमा आजकल त शासन गर्ने हरुको बिरोध गर्न पनि पाईन्न रे गित बजाउन्न पनि पाईन्न रे खै र आमा आज मुलुकको लोकतान्त्रिक ब्यवस्था कतातिर गएको हो कुन्नी ? मलाई त डर लाग्छ आमा कतै तिमीलाई लेखेको यो पत्र पनि बिचबाटो बाटै गायब बनाउनी हुन कि भन्ने । आमा आजकल त ती न्याउली चरिले पनि विरहको धुन सुनाउन पाउँदिनन होलि, ती गाईने दाईले सारङ्गीको तालमा विरहका भाका पनि सुनाउन नपाउने होलान के गर्छेउ आमा तिमी सुखी हुन कहिल्यै पाउनी भईनौ ।

आमा तिमिलाई ल्याईदिने कोशेलीमा पनि भन्सार तिर्नुपर्ने कस्तो बिडम्बना है आमा मलाई यदाकदा डर लाग्छ कतै म पनि त्यो रातो काठको बाकसमा आएँभने भन्सार तिर्ने र्साथ्य तिमीमा हुँदैन, अनि सास देख्न त पाईनौ मेरो लास पनि देख्न पाईनौ भने तिम्रा ती मनहरु कसरी भक्कानिन्छन होला ! कुडिन्छन् होला, खै र आमा हामीलाई लोकतन्त्र, भोकतन्त्र, शोकतन्त्र ठोकतन्त्र लुटतन्त्रमा हामीलाई अट्ने कुनै ठाउँनै छैन आमा यति लेखिरहँदा म स्वर्गमा भएकी मेरी आमालाई सम्झिरहेको छु । सरकार लोकतन्त्र नेतालाई होईन जनतालाई प्रत्याभुती हुने हुनुपर्छ जनताले राजा फाले जस्तै फेरि सयांै राजालाई फाल्न पछि हट्ने छैनन् । बिधिको शासन अन्त्य गर्ने पराकाष्ठाले घेरा नाघ्यो भने कोहि हातमा दहि जमाएर बस्नेवाला छैनन् । दुई तिहाईको दम्भले केही हुनेवाला छैन जनताका आधारभूत आवश्यकता पूरा गर्न सक्यो भने मात्र जनताले लोकतन्त्रको महसुस गर्नेछन् । नत्र त हात्ती आयो हात्ती आयो फुस्सा नै हो । हाल अमेरिका