आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने भाटको तयारी

801
views

कतार । विश्वका ८ वटा देशमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारबाट आईसीसी उपाध्यक्षमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिने भएका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुको आस्थाको धरोहरका रुपमा रहेको एनआरएनए नेपालका लागि नेपाली भन्ने मुलमन्त्रका साथ २००३ मा बेलायतबाट सूरुवात भएको थियो ।

२००२ बाट कतारमा बस्दै आएका भाट २००७ – २००९ सम्म कतारको महासचिव पदमा रहेका थिए । उनी २००९–०११ मा अक्ष्यक्षमा चुनिएका थिए । नरेन्द्र २०११–०१३ सम्म पून संयोजकको रुपमा एनआरएनएमा रहि मध्यपूर्वको हरेक नेपालीहरुको नजिक रहि साँझा समस्याहरुको सम्वोधन गर्न साथै अधिकारका लागि एकबद्ध भै अगाडी बढ्न प्रोत्साहन गरे ।

भाटको कार्य यत्तिमा मात्र सिमित रहेन तत्पश्चात २०१३ ०१५ को लागि आईसीसी उपाध्यक्षमा उम्मेदवार साथैै सल्लाहकार भएर पनि संस्थालाई अगाडी बढाउँन र सम्पूर्ण एनआरएनहरुको साँझा मुद्धाहरुमा आफ्नो भूमिका निर्वाह गर्दै पूनस् २०१५–०१७ का लागि आईसीसी उपाध्यक्ष साथै संगठनको सल्लाहकारकै पदमा रहि आफ्नो भूमिका निर्वाह गर्दै संगठन प्रति बफादार भएर अघि बढीरहे । यस पछि भाटको संगठनमा रहेर काम गर्नेमा कुनै किसीमको दुर्वल्ता रहेन ।

अहिले पनि उनले संगठनमा एउटा सम्मननीय सल्लाहकारको रुपमा रहि निरन्तर रुपमा संगठनलाई आफ्नो तर्फबाट टेवा पुर्याउँदै आइरहेका छन । अहिले पूनः आईसीसी उपाध्यक्षको लागि उम्मेदवारी दिने बताएका छन ।