दोश्रो चरणको राष्ट्रिय जागरण अभियानमा काँग्रेस

545
views

काठमाडौं । पहिलो चरणको राष्ट्रिय जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको आज घोषणा गर्दैछ । काँग्रेसले १०५ औं विपिजयन्तीको अवसर पारेर २४ भदौबाट १० असोजसम्म दोश्रो चरण जागरण अभियान गर्ने यसअघि नै तय गरिसकेको छ ।

यसअघि पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।

दोश्रो चरणमा प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको नेपाली काँग्रेसले जनाएको छ ।