बिष्णु खत्रीको “दशैंमा आउँ प्यारा” बजारमा (भिडियो सहित)

1803
views

पर्वत । लोक संगितको क्षेत्रमा छुट्टै पहिचान गराउँदै आएका चर्चित गायक, सर्जक बिष्णु खत्रीले तिज सकिए लगत्तै दशैं रमझम बनाएका छन् । खत्रीले यो दशेंलाई केन्द्रित गर्दै गरिबीको कथा समेटेर ‘दशैंमा आउ प्यारा’ सार्वजनिक गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपाली युवा, तिनका परिवारको जीवनसँग मेल खाएको कथासँगै नेपाली महिलाहरुले भोग्ने पीडाको यथार्थपरक गीत ‘दशैंमा आउ प्यारा’ सावजनिक गरेका हुन् । बिष्णु खत्री र बिष्णु माझीको आवाजमा रहेको उक्त गीतको लय तथा शब्द सृजना पनि बिष्णु खत्री आफैले गरेका हुन् ।

आफ्नै युटुब च्यानल बिष्णु खत्रि मार्फत सार्वजनिक गरेका हुन् । सुमधुर क्रियसनको प्रस्तुतिमा रहेको गीतको निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी छन् । छायांकन दुर्गा पौडेलले गरेका हुन् । गीतमा चर्चित मोडल रन्जिता गुरुङ र बिमल केसीको अभिनय रहेको गीत यस्तो रहेको छ ।