भारतीय चन्द्र अभियान असफल भएको आशंका

759
views

काठमाडौं, २१, भदौ । भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयान २ चन्द्रमा सतहमा पुग्नै लाग्दा सम्र्पकविहिन भयो । चन्द्रमा सतहको केही किलोमिटर बाँकी रहँदा सञ्चार सम्पर्क टुटेपछि भारतको चन्द्रमासम्बन्धी खोजको दोस्रो शृङ्खला असफलतातर्फ उन्मुख भएको अनुमान गरिएको छ ।

चन्द्र सतहभन्दा २.१ किलोमिटर नजिक पुगन्जेलमा समान्य रहेको भएपनि त्यसपछि भने उक्त यानको पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको सिएनएनले जनाएको छ ।

भारतीय अन्तरीक्ष अनुसन्धान केन्द्रका अध्यक्ष के सिभानले सञ्चार सम्र्पक टुटेको पुष्टि गर्दै यस बारे सूचनाहरूको विश्लेषण भईरहेको बताएका छन् ।

सो यान गए राती भारतीय समय १ः५५ बजे चन्द्र सतहमा पाइला टेक्ने तयारीमा थियो । भारतको बेङ्लोरस्थित नियन्त्रण कक्षमा वैज्ञानिकहरु विक्रमको सहज अवतरणको प्रतिक्षामा थिए ।