पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल हुने

588
views

भदौ २१,पोखरा । नेपाल सेभेन ए साइड फुटवल महासंघको आयोजनामा पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आयोजना गर्न लागिएको मिडिया कप सफल पार्न आयोजक समिति तयारीमा जुटेको छ । यस्तोमा महासंघले शुक्रबार पोखरामा रहेका विभिन्न मिडियाका सञ्चालक तथा सञ्चारगृहमा कार्यरत पत्रकारहरुसंग सोहि प्रतियोगिताका बारेमा छलफल गरेको छ ।

छलफल कार्यक्रममा महासंघका अध्यक्ष नविन पुनले प्रतियोगिताका बारेमा जानकारी दिंदै प्रतियोगितामा भाग लिई कार्यक्रम सफल पारिदिन यहाँका सञ्चारगृहहरुलाई आग्रह गरे । आगामी असोजको ९ देखि १२ गते सम्म हुने प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने पनि उनले जनाकारी दिए । प्रतियोगितामा द्वितिय हुने समुहले नगद २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित ट्रफिले पुरस्कृत गरिने छ ।

प्रतियोगिताको फाइनल खेल अगाडी पोखराका कार्यरत सञ्चारकर्मी महिला तथा पोखरा उद्योग बाणिज्य संघका महिला उद्यमीविच मैत्रिपूर्ण फुटबल खेलाइने पनि सोहि अवसरमा जानकारी दिइयो ।

प्रतियोगिताका नियमहरुबारे जानकारी दिंदै महासंघका महासचिव डिवि नेपालीले सहभागि प्रत्येक टिममा टिम म्यानेजर सहित १० जनाको सहभागिता हुनुपर्ने बताए । दर्ता शुल्क २५ सय रहेको प्रतियोगितामा सहभागि टिमले आ–आफ्नों पोशाकको व्यवस्था गर्नुपर्ने, एउटै सञ्चारगृहबाट टिम पुग्न नसक्ने हुँदा बढिमा ४ वटा सञ्चारगृहहरु मिलेर संयुक्त टिम बनाउन सक्ने लगायतका नियमबारे पनि उनले जानकारी दिए ।