नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ को पहिलो राउन्ड सम्पन्न

533
views

पोखरा । बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘को अडिसन पछिकोे पहिलो राउन्ड पोखरा मा सम्पन्न भएको छ । ब्ल्यु रेयस प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका थिए । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका थिए ।

पहिलो अडिसन र दोस्रो अडिसनबाट छनोट भएका १५ जना प्रतिष्पर्धीहरु बिच विभिन्न चरणमा प्रतिष्पर्धा गराई गराइएको थियो । सोहि क्रममा यो हप्ताको नेपाल आईस मोडल अफ द वीक निशा नेपाली हुन सफल हुनुभएको छ । त्यसैगरी सुजुकी मोडल अफ द विक समिक्षा लयालु हुन सफल भईन् । अघिल्लो हप्ता ५ जना प्रतिष्पर्धीहरु डेन्जर जोनमा परेका थिए । यो हप्ता ५ जना प्रतिष्पर्धीहरु मध्ये २ जना प्रतिष्पर्धीहरु ‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९’ बाट बहिरिएको कोरियोग्राफी प्रबल गुरुङले जानाकारी दिए ।

बाकि छनोट भएकाहरुलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ । टिआरा ईन्टरटेनमेन्टको एशोसियसनमा हुने प्रतियोगीताका टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ । तेसै गरीे प्रतियोगीताको मेन स्पोन्सर क्यान भाषा रहेको छ ।

टिभी पार्टनर गोल्डेनआई टिभी रहेको छ भने फेटोग्राफी पार्टनर द भोग स्टुडियो रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित सुजुकी स्कुटरसगै नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स् सहित अन्य उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिताको फस्ट रनरअपले क्राउन सहित नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार र सेकेण्ड रनरअपले क्राउन सहित नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरिने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग रहेको टिआरा ईन्टरटेनमेन्टले जनाएको छ ।