यूएस ओपन टेनिसको उपाधि रफायल नाडाललाई

725
views

एजेन्सी । यूएस ओपन टेनिसको उपाधि रफायल नाडालले जितेका छन् । रसियन खेलाडी डेनील मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथो पटक उपाधि उचाल्न सफल भएका छन् ।

दुई वर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई तीन दुईको सेटमा हराए । पाँचौ बरियताका मेदभेदेभ विरुद्ध नाडालले निकै संघर्षपुर्ण रुपमा जित निकालेका हुन । सुरुवाती दुई सेट जितेपनि त्यसपछि मेदभेदेभले अरु दुई सेट जित्दै नाडाललाई कडा प्रतिस्पर्धा दिएका थिए ।

नाडालले पहिलो सेट सात पाँचले जितेका थिए भने दोस्रो सेटमा छ तीनको जित हात पारेका थिए । तर तेस्रो सेटमा उत्कृष्ट कमब्याक गरेका मेदभेदेभले सात पाँचले जिते । चौथो सेटमा पनि उनले छ चारको जित निकाल्दै खेल दुई दुई सेटको बराबरीमा र्पुयाएका थिए ।

तर अन्तिम सेट नाडालले छ चारको सहज जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारे । नाडालले यसअघि २०१०, २०१३ र २०१७ मा यो प्रतियोगिताको उपाधि जितेका थिए ।